Logo
Logo

बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया सुरु भइसक्योः पर्यटनमन्त्री


441
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृृया सुरु गरिएको बताएका छन् ।

भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताएका हुन् ।

उनले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको मन्त्री किरातीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्