Logo
Logo

नेपालको जलवायु परिवर्तनबारे कतारकी राजकुमारीले सम्बोधन गर्ने


630
Shares

काठमाडौं । कतारकी राजकुमारी आस्मा अल थानीले नेपालको जलवायु परिवर्तनबारे सम्बोधन गर्ने भएकी छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई राजकुमारी थानीले नेपालको जलवायु परिवर्तनबारे सम्बोधन गर्ने भएकी हुन् ।

साथसाथै नामक संस्थाले दुबईमा गर्न लागेको उक्त कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् ।

डिसेम्बर ४ दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म ‘क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स’ (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा कतारी राजकुमारी थानीले सम्बोधन गर्ने भएकी हुन् ।

अरब मुलुकमा रहेर महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेकी राजकुमारी थानीले नेपालका ६ वटा हिमाल आरोहण गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्