Logo
Logo

दियोबाट आगो सल्किँदा भक्तपुरमा एक जनाको मृत्यु


504
Shares

काठमाडौं । भक्तपुरमा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

हिजो आइतबार आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो । त्यसपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000