Logo
Logo

इसाई धर्मको विस्तारले सांस्कृतिक द्वन्द्व र संकटहरू आउने स्थिती बन्दैछः झलनाथ खनाल


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेपाली समाजमा असाध्यै तीव्र ढंगले इसाइ धर्म विकास भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंको इतुंबहामा आयोजित एक कार्यक्रममा बोल्दै उनले इसाई धर्मको विस्तारले भोलिका दिनमा सांस्कृतिक द्वन्द्व र संकटहरू ल्याउन सक्ने भन्दै सबैले गम्भीर रुपले सोच्नुपर्ने बताए ।

‘ठाउँठाउँमा अहिले यति धेरै चर्चहरू विकास भएका छन् । त्यो त हाम्रो मौलिक त होइन । अघिल्लो चुनावमा जाँदा केही पनि थिएन । अहिलेको चुनावमा जाँदा प्रत्येक वडामा चर्चहरू बनेका रहेछन्,’ उनले भने, ‘इसाइ धर्मको विस्तार किन भइरहेको छ ? नेपाली मौलिकताहरूमा किन नेपाली जनता रुचि गरिरहन सकेका छैनन्? के कारणले मान्छेहरूले आफ्नो आस्था परिवर्तन गरिरहेका छन् ? यो सबैले गम्भीर रुपले सोच्नुपर्ने विषय भएको छ । यसले भोलि सांस्कृतिक द्वन्द्व र संकटहरू ल्याउने स्थिती छ ।’

खनालले विदेशी पैसामा हिन्दुवाद फैलाउने प्रयत्न भइरहेको बताए । ‘अस्ति भर्खरै हाम्रो पार्टीले मेची–महाकाली जागरण अभियान चलाएको थियो। त्यो बेलामा सबै जिल्लाका प्रशासन हेडसँग मैले कुरा गरेको थिएँ। कतिपय जिल्लामा कथित हिन्दूवाद फैलाउनका निम्ति ८–८ वटा संगठनहरू बनाइएका छन्। जसको वित्तीय स्रोत सबै विदेशी,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्