Logo
Logo

सिन्धुपाल्चोकमा गाडी दुर्घटना, ४ जना घाइते


2.5k
Shares

काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको गाडी सोमबार सिन्धुपाल्चोकमा दुर्घटना भएको छ ।

जिल्लाको सुनकोशी गाउँपालिका–६ को आठकिलोमा गाडी दुुर्घटना हुँदा ४ जना घाइते भएको र उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । गाडी आफैं अनियन्त्रित भएको र सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्