Logo
Logo

जाजरकोट भूकम्पः भाइटीका नलगाउने जनार्दन शर्माको निर्णय


3.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यसपालिको भाइटीका नलगाउने निर्णय गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा आफुले भाइटीका नलगाउने निर्णय गरेको बताएका हुन् ।

‘मिति २०८०÷०७÷१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले भनेका छन् ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ भने करिब ३५० जना घाइते भएका छन् । भूकम्पबाट सयौं घरमा क्षति पुगेको छ भने स्थानीय वासीहरु बारीमा रात कटाउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्