Logo
Logo

बाल साहित्यकार शान्तदासको निधन


630
Shares

काठमाडौं । बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिए ।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए । उनले ६ दशकभन्दा बढी समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरे ।

स्वर्गीय मानन्धर पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित थिए । साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि आज गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्