
काठमाडौं । ललितपुरको टाखेलमा मोटरसाइकल अनियन्त्रिय भएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले बताए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ ।
मंगलबार साँझ भएको मोटरसाइकलमा दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।














