Logo
Logo

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेकाे घुइँचो (तस्बिरहरू)


1k
Shares

काठमाडौं । वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाउनेको घुइँचो लागेको छ ।

यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन बुधबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने तथा भाइटीका लगाउने प्रचलन छ ।

बाल गोपालेश्वर मन्दिर भक्तजनका लागि बिहानबाटै खुला भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। २०७२ को महाविनाशकारी भुकम्पका कारण केही बर्ष बन्द रहेको उक्त मन्दिर पुननिर्माण पछि फेरी भक्तजनका लागि खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्