Logo
Logo

चिनियाँ कम्युनिष्ट पाटीद्वारा भूकम्प प्रभावितलाई राहत सामग्री हस्तान्तरण


567
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराएको छ ।पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ २ करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्याइदिने जानकारी दिएको डा. भट्टराईले बताए । स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्