Logo
Logo

मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी थापाको मृत्यु


7.2k
Shares

काठमाडौं । भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थापाको स्याङजा चापाकोट–२ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । २२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्