Logo
Logo

‘न्यू माज्डा सिएक्स–५’ कार नेपाली बजारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । नेपाली बजारमा जापानीज कम्पनीको माज्डाको नयाँ मोडलको कार भित्रिएको छ । पद्मीश्री प्रालिले ‘न्यू माज्डा सिएक्स–५ मोडलको कार नेपाली बजारमा भित्रिाएको हो । पद्मश्रीले ज्ञानेश्वरस्थित आफ्नो शोरुममा उक्त कारको एक कार्यक्रमबीच लञ्च गरेको छ ।
सन् २०१८ मा अवार्डेड भएको यो कारको विभिन्न नयाँ र सुविधाहरुको विशेषताले गर्दा ग्राहकको रोजाइमा पर्ने गरेको छ । यो कार सन् २०१८ मा अमेरिकामा ‘द बेस्ट कार अफ युएस’बाट अवार्डेड भएको थियो । ड्राइभिङ गर्नलाई कम्फाटेवल तथा सेफ्टीका कारण पनि मज्डाले पछिल्लो समय कार पारखीकोे मन जित्दै गएको कम्पनीले जनाएको छ । यसको इन्जिन २५०० सिसी र पावर १८७ एचपी रहेको छ ।
स्टाइलिस र आर्कषक लुक्स, आरामदायी सिटका कारण ‘न्यू माज्डा सिएक्स–५’ले विश्व कार बजारमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ । ‘मज्डा सिएक्स–५’ नयाँ सुरक्षा र प्रविधि सुविधाहरु जडित गरिएको छ । बाहिरी डिजाइनजस्तै भित्र पनि स्मार्ट र उत्कृष्ट डिजाइन गरिएकाले यो एक उत्कृष्ट कारमध्ये पर्छ । यसको माइलेज १० किमि (सहर) र हाइ–वेमा १४ किमि रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्