Logo
Logo

सबै फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलन गर्ने निर्माता संघको चेतावनी



काठमाडौं । हलवालाले नेपाली फिल्मलाई पाखा र हिन्दीलाई काखा गरेको भन्दै चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ । महासचिव सुनिलकुमार थापाले विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई सधै प्रदर्शकबाट सौतेनी व्यवहार हुँदै आएको उल्लेख गर्दै यस्तो चेतावनी दिएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘दिमाग खराबले गरेको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजो देखि कै हो । यस्तो हेपाहा प्रवृत्तीलाई अन्त्य गर्नका लागि अन्तिम लडाई लड्नुपर्ने समय आइसकेको छ । र निर्माता संघले उठाएका मुद्दामा सहमतीमा आउन प्रदर्शकहरुको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताका लागि आह्वान गर्दछौं । अन्यथा, नेपाली फिल्म निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगाएका कुनै पनि भाषाका फिल्महरुको प्रदर्शन गर्न नदिई, कडा रुपमा प्रस्तुत भई चरणबद्ध आन्दोलन अन्तिम लडाइमा होमिने प्रष्ट पार्न चाहन्छौं ।’

निर्माता संघले नेपाली फिल्मका निर्माता र फिल्मलाई सधै प्रदर्शकले स्वार्थ केन्द्रित साधनको रुपमा मात्र लिँदै आएको आरोप लगाएको छ ।

शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘दिमाग खराब’का निर्माताले विदेशी फिल्मसँग शो बाँडफाँडमा विभेद गरिएको भन्दै हलबाट फिल्म निाल्ने घोषणा गरिसकेका छन् । निर्माताले फिल्म रिलिजको पूरा अवधिभर ५० प्रतिशत शेयर र विदेशी फिल्म सरह शोज नपाउने हो भने फिल्म रिलिज नगर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्