Logo
Logo

पूर्वउपरथि लावतीसहित ८ जनालाई प्रशासनमा उपस्थित गराउने


5.7k
Shares

काठमाडौं । ललितपुर प्रहरीले तिहारको बेला जुवाको खालबाट पक्राउ गरेका ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने भएको छ ।

मंगलबार ललितपुर महानगरपालिका–१५ हात्तीवनस्थित क्लासिक टावर ब्लक ‘ए’को १६औं तलाबाट जुवा खेलिरहेको अवस्थामा नेपाली सेनाका पूर्वउपरथि होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा उनीहरुलाई प्रहरीले जुवाको खालबाट करिब १७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । अन्य सातजना भने व्यवसायी हुन् ।

उनीहरूलाई जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ । तिहारमा सार्वजनिक बिदा भएकाले उनीहरुलई शुक्रबार प्रशासनमा हाजिर गराउन लागेको हो । प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो । प्रहरीले पक्राउ परेका सातजनाको भने नाम सार्वजनिक गरेको छैन । अहिले उनीहरू हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्