Logo
Logo

फिफा विश्वकप छनोट : यूएईसँग नेपाल ४-० ले पराजित


567
Shares

काठमाडौं । फिफा विश्वकप एसिया कपको दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४-० ले पराजित भएको छ। दुबईको अल मख्तुम रंगशालामा बिहीबार राति सम्पन्न खेलमा युएईले सबै गोल पहिलो हाफमा गरेको हो।

खेलमा युएईले तीन सेटपीस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गर्यो। उसका लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे।

खेलको सुरुआती मिनेट देखि नै नेपालमाथि आक्रमक देखिएको युएईले दशौं मिनेटमा पहिलो गोल गर्यो। फरवार्ड अलि सालेह आम्रोको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रक्षक अलहमादीको सहज हेडर गोलमा परिणत हुँदा युएईले अग्रता बनाएको हो।

खेलका दौरान चोट बोक्न पुगेका लाकेन लिम्बुको स्थानमा आएका अम्रित श्रेष्ठले ३८ औं मिनेटमा पेनाल्टी बक्सभित्र बेखितलाई लडाएपछि युएईले पेनाल्टी पाएको थियो । जसलाई कप्तान माबखाउतले कुनै गल्ती गरेनन्।

खेलको तेस्रो गोल पनि कर्नरको सदुपयोगबाट भएको हो। नेपाली रक्षकको तालमेल नमिल्दा निर्धारित पहिलो हाफ सकिन एक मिनेट बांकी छँदा कप्तान माबखाउतको सहज हेडर गोलमा परिणत भयो। इन्ज्युरी समयमा लिमाले बेखितको क्रसमा काउन्टर अट्याकमा वान टच गोल गरे।

८१ औं मिनेटमा मनिष डांगीको शक्तिशाली प्रहार युएईका गोलकिपर खलीद एइसा अल्मेस्मारीले बचाए। यही खेलमार्फत् नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्। सुरुआती एघारमा स्थान बनाएका रक्षक छिरिङ गुरुङ डेब्यु गर्ने पहिलो खेलाडी थिए।

त्यसपछि दोस्रो हाफमा अमृत श्रेष्ठलाई प्रतिस्थापन गरेका अर्का रक्षक योगेश गुरुङ डेब्युको अवसर पाउने अर्का खेलाडी बने। त्यस्तै ८५ औं मिनेटमा छिरिङको स्थानमा आएका अन्जन राईले पनि अन्तराष्ट्रिय फुटबलमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरे।

नेपालले नोभेम्बर २१ मा दोस्रो चरणको दोस्रो खेलमा यमनको सामना गर्नेछ। उक्त खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्