Logo
Logo

नेसपाको केन्द्रीय समिति बैठक मंसिर ६ र ७ गते बस्ने, यस्ता छन् एजेण्डा


693
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक यहि मंसिर ६ र ७ गते बस्ने भएको छ । बैठकमा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने पार्टीका नेता महिन्द्रराय यादवले जानकारी दिए । बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनको भनाई छ ।

यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको नौ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्