Logo
Logo

जाजरकोटमा चिसो बढ्याे, एक जना भूकम्प पीडितको मृत्यु


504
Shares

काठमाडौं । अत्याधिक चिसोका कारण जाजरकोटको बारेकोट रामिडाँडाका एक जना भूकम्प पीडित मृत्यु भएको छ। कार्तिक १७ गते गएको भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका डुमे पुनको चिसोका कारण हो ।

उनी र्काितक १७ गते देखि अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए। भूकम्प प्रभावितका लागि आवश्यक राहत नपाएका कारण अधिकांश भूकम्प पीडित चिसोबाट प्रभावित भएको गाउँपालिका अध्यक्ष गिरिले बताए ।

बारेकोटमा भूकम्पपीडितका लागि व्यवस्थित त्रिपाल, कम्मल, न्यानो कपडा, म्याट लगाएतका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक परेको गिरिले बताए। कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरको शक्तिशाली भुकम्पबाट जाजरकोट र रुकरम पश्चिमका ३५ हजार घरमा क्षती भएको तथ्याकं सार्वजनिक भएको छ । भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्