Logo
Logo

रास्वपाका सांसद र उम्मेदवार भोलीदेखि घरघरमा


756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू जनआवाज सुन्न मतदाताको घरघर जाने भएका छन्। निर्वाचनको समयमा गरिएको बाचा सम्झिदै शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा जान लागेको बुर्लाकोटीले बताए। यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने पनि उनले बताए।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो। कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्