Logo
Logo

नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश दिने


78
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउसले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कूल ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश मध्ये कम्पनीले २८.५० प्रतिशतले हुन आउने २२ लाख ३२ हजार ६२१ कित्ता बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.५० प्रतिशतले हुन आउने १ करोड १७ लाख ५० हजार बराबरको नगद लाभांश दिने भएको हो ।

कम्पनीले उक्त लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्नेछ । लाभांश वितरण सहित विभिन्न प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर १७ गते आइतबारका लागि साधारणसभा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्