Logo
Logo

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति


693
Shares

कैलाली । कैलालीको धनगढीमा गएराति भएको आगोलागीमा एक अस्पतालसहित ८ पसलमा क्षती पुगेको छ ।

धनगढीको मुख्य बजारमा लागेको आगाले रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्