Logo
Logo

आजदेखि रास्वपाका सांसदको घरदैलो कार्यक्रम


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरूले आजदेखि घरदैलो कार्यक्रम आयोजना गर्ने भएका छन् ।

निर्वाचनको समयमा गरिएको बाचा सम्झिदै आज (शनिबार) देखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा जान लागेको बुर्लाकोटीले बताए। यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने पनि उनले बताए।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो। कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्