Logo
Logo

कोमल ओलीलाई मातृशोक



काठमाडौं । चर्चित गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा आज काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता देखि अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो । दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्