Logo
Logo

मंसिर ७ गतेको प्रदर्शनमा सबै शक्ति केन्द्रित गर्ने एमालेको घोषणा



काठमाडौं । मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व पार्टी नेतृत्व नेकपा एमालेले स्वामित्व लिएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व पार्टीले लिएको हो ।

जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा गरेको छ ।

भेलामा संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको बताए । उनले कतिपयले व्यक्तिको लडाइसँग जोडेको भन्दै आपत्तिसमेत जनाए । उनले भने, ‘यो व्यक्तिसँग जोडिएको लडाइँ होइन, पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने छ ।’

यस्तै, यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिती, भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्