Logo
Logo

इजरायल–हमास युद्ध तत्काल अन्त्य गर्न एचडब्लुपीएलको आह्वान



काठमाडौं । हेभन्ली कल्चर, वर्ल्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल)ले इजरायल–हमास युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेको छ ।

एचडब्लुपीएलका शान्ति अधिवक्ता ली म्यान–ही ले प्रेस विज्ञप्ति जारी गर्दै युद्धमा कसैको हार र जित नहुने बरु सबैको हार मात्र हुने भन्दै तत्काल इजरायल–हमास युद्ध अन्त्य गर्न आह्वान गरेका हुन् ।

शान्ति अधिवक्ता लीले विज्ञप्तिमा भनेका छन्– ‘इजराल–हमास युद्धमा हजारौँ निर्दोषहरू मासिएका छन् । यो युद्ध तत्काल रोक्न नसकेको खण्डमा दसौँ हजार निर्दोष नागरिक मारिनेछन् । युद्धमा जित्ने कोही हुँदैन, सबैले हार्ने मात्र हुन् । त्यसैले यो युद्ध तत्काल अन्त्य गर्न आह्वान गर्दछु ।’

एचडब्लुपीएलले संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायलाई दुई पक्षबिच शान्ति स्थापनाका लागि मध्यस्थता गर्दै दुवै पक्षलाई वार्तामा ल्याउन र मानवीय सहयोग प्रदान गर्ने जस्ता आवश्यक उपायहरू तुरुन्तै गर्न आह्वान समेत गरेको छ ।

शान्ति अधिवक्ता लीले एचडब्लुपीएल विश्व शान्तिलाई कमजोर पार्ने हिंसा र युद्धको निन्दा भन्दै विश्वभरका नागरिकसँग मिलेर शान्ति स्थापना गर्न कुनै कसर बाँकी नराख्ने समेत विज्ञप्तिमार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्