Logo
Logo

देशलाई पराधीन बनाउने खेलमा एमाले र सेनामाथि प्रहार भइरहेको छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपाललाई पराधीन बनाउने खेलमा एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । शनिबार जनसंगठन सञ्जालले एमाले मुख्यालयमा च्यासलमा आयोजना विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यही खेलमा एमाले प्रतिपक्षीमा रहँदा पनि चौतर्फी प्रहार भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रलाई पराधीन बनाउका लागि आज षडयन्त्र भइरहेको छ । यति बेला दुई वटा शक्तिहरूमाथि प्रहार भइरहेको छ । एउटा एमाले र अर्को नेपाली सेनामाथि प्रहार भएको छ ।’

महासचिव पोखरेलले एमाले र सेनालाई कमजोर बनाउन सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउनका सकिन्छ भन्ने लागेर त्यस्तो भएको दावी गरे । ‘देशलाई पपेट बनाउन सकिन्छ कि भनेर एमालेमाथि प्रहार भएको छ तर एमाले सरकारमा छैन । तर प्रहारको निशानामा एमालेतर्फ छ ।’

उनले वैकल्पिक शक्ति भन्नेहरूको पनि प्रहार एमालेमाथि भइरहेको बताए । उनले भने, ‘सरकारमा रहेकाहरू र परिवर्तन सफल भएन भन्नेहरूको पनि प्रहारमा एमाले परेको छ ।’

प्रतिक्रिया दिनुहोस्