Logo
Logo

लोकतन्त्रविरुद्ध औँला ठड्याउनेहरूको औला भाँचिदिन्छौ- ओली (भिडियो)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रविरुद्ध औला ठड्याउनेहरूको औला भाँचिदिने चेतावनी दिएका छन् ।

लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले बलिदान दिएर, ज्यान दिएर ल्याइएको व्यवस्था रहेको भन्दै अध्यक्ष ओलीले लोकतन्त्रविरुद्ध औला ठड्याउनेहरूको औला भाँचिदिने चेतावनी दिएका हुन् ।

नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रद्वारा काठमाडौंमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रविरुद्ध कोहीबाट पनि औला ठड्याउने काम नहोस् भन्दै चेतावनी दिएका हुन् ।

उनले भने– ‘यो लोकतान्त्रिक गणतन्त्र भनेको हामीले बलिदान दिएर, रगत बगाएर, ज्यान दिएर, जेल–नेल खटेर, निर्वासित भएर, भूमिगत भएर, यातना सहेर, अङ्गभङ्ग भएर, बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो । त्यस कारण, लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनी दिन चाहन्छु ।’

अध्यक्ष ओलीले लोकतन्त्रविरुद्ध औला ठड्याउनेको औला भाँचिदिने क्षमता एमालेसँग रहेको भन्दै कसैले औला ठड्याए भाँचिदिने चेतावनी समेत दिएका छन् । उनले भने– ‘लोकतन्त्रविरुद्ध लड्ने कुरा त छोडिदिऊ, लोकतन्त्रविरुद्ध औलो ठड्यायो भने, त्यो औलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण तरिकाले झार्छौँ हामी, झारिदिन्छौँ ।’

अध्यक्ष ओलीले नेपालको झन्डा ओढेर राष्ट्रियतामाथि प्रहार भइरहेको समेत बताएका छन् । उनले भने– ‘हामी झन्डा उठाएर राष्ट्रियताको रक्षामा लागेका छौँ । तर, यहाँ झन्डा ओढ्नेहरुले झन्डा ओढेर राष्ट्रियतामाथि प्रहार गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्