Logo
Logo

एकदिवसिय क्रिकेटमा नेपालले बनायो नयाँ रेकर्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ माघ ।
एकदिवसिय क्रिकेटमा नेपालले नयाँ रेकर्ड बनाएको छ । अमेरिकालाई ३५ रनमा अलआउट गरेर नेपालले रेकर्ड बनाएके हो । एकदिवसिय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो ।


नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारी चम्किएपछि नेपालले यस्तो रेकर्ड बनाएको हो । सन्दीपले ६ तथा सुसनले ४ विकेट लिएर १२ ओभरभित्रै अमेरिकालाई अलआउट गरेको हो ।
आईसिसी विश्वकप क्रिकेट डिभिजन २ अन्र्तगत नेपालमा भएको त्रिपक्षीय श्रृङखलाअन्र्तगत यो अन्तिम खेल हो । यसअघिका तीन खेलमध्ये नेपालले एक जितेको थियो । नेपालले अमेरिकालाई नै हराएको हो । ओमानसँगका दुई खेलमा नेपाल पराजित भयो । ओमानले भने चारै खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस्