Logo
Logo

प्रहरीसँगको मिलेमतोमा रौतहटमा मौलायो जुवा, भारतीय नागरिकसमेत खेलाडी


2.6k
Shares

रौतहट । प्रहरी प्रशासनसँगको मिलेमतोमै रौतहटका विभिन्न क्षेत्रमा व्यापक रूपमा जुवा–तास खेल्नेहरूको संख्या बढेको छ ।

दसैँ अगाडिदेखि सुरु भएको जुवा–तास तिहार सकिएर छठ सकिन लाग्दा पनि रौतहटको विभिन्न बजारहरूमा निरन्तर चलिरहेको छ । 

रौतहटको गरुडा, समनपूर, कटहरीया, चपूर, लगायतका बजारमा प्रहरीसँगको मिलेमतामै व्यापक रूपमा जुवा–तासको चलिरहेको छ ।

स्थानीय क्षेत्रका हाइप्रोफाइलदेखि भारतीय नागरिक समेत यस क्षेत्रमा जुवा खेलिरहेको स्रोतले बताएको छ । जताततै जुवा–तास चलिरहेको सर्वसाधारणले समेत थाहा पाइसक्दा पनि प्रहरीले भने कसैलाई पक्राउ गरेको छैन ।

प्रहरीसँगको मिलेमतोमै खुवाको खाल बसाइएका कारण ठूलो संख्यामा जुवा–तास चलिरहेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्