
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् ।
छठका अवसरमा आज एक शुभकमना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपतिले प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।














