Logo
Logo

लप्सीफेदीमा प्रहरी कुट्ने सबै छुटे


6.4k
Shares

स्थानीयको आक्रमणबाट घाइते भएका डीएसपी देवराज राई

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीबाट पक्राउ परेका सबै रिहा भएका छन् । प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै शुक्रबार ४ र शनिबार १० जना गरी पक्राउ परेका १४ जनालाई बौद्ध प्रहरीले शनिबार राति रिहा गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए भने तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जना पक्राउ गरेको थियो । ती सबैलाई शनिबार राति छाडिएको बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले जानकारी दिए ।

बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ । उनीहरुले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्