
काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोडभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारले १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ आर्थिक सहयोग पाएको जानकारी दिएको हो
भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।
एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।
त्यस्तै कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।














