Logo
Logo

नागरिकको कामलाई प्राथमिकतामा राख्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन


252
Shares

रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उको सचिवालयले जनाएको छ ।

कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले नागरिकको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए ।

प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमासाथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका हुन् ।

यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्