काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ ।
सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो ।
हृदयघातका कारण उनको निधन भएको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व।गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।