बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी (डीएसपी) तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको हो ।

घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका १०, सुकुम्बासी टोलनजिक नेपाल-भारत सीमाना छेवैको वनमा आक्रमण गरेको थियो ।
आक्रमणबाट सख्त घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिए । सुनारसँगै घाँस-दाउरा गर्न गएका अन्य दुई महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भइरहेको छ ।














