काठमाडौं । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ ।
आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये नेपालका जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यद्यपी दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको बताएको छ ।