काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा जीप दुर्घटना भएको छ । खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक आज बिहान दुर्घटना भएको हो ।
जीपमा कति जना यात्रु थिए र कति घाइते भए भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ । हाल नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी चौरजहारी अस्पतालमा ल्याएका छन् ।