Logo
Logo

हुम्लामा खाना पकाउने ग्यासको मूल्य घट्यो


756
Shares

काठमाडौं । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताए ।

उनले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा ६ हजार पाँच सय रुपैयाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताए । त्यसैगरी पुरानो सिलिन्डर साट्दा प्रतिसिलिन्डर ग्यास भरेपछि चार हजार पाँच सय रुपैयाँ लाग्ने गरेको छ ।

यसअघि पुरानो सिलिन्डर भर्दा मात्रै स्थानीयले पाँच हजार पाँच सय रुपैयाँ तिर्ने गरेका थिए । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले ग्यासको मूल्य घटेको ब्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्