Logo
Logo

टिकटक प्रतिबन्धविरूद्धको रिट न्यायाधीश चुडालको इजलासमा


693
Shares

काठमाडौं । नेपालमा सामाजीक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट सुनुवाईका लागि आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाको एकल इजलासमा पेसी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको उक्त निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्

प्रतिक्रिया दिनुहोस्