काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशमा ११ सदस्य मनोनित गरेको छ । प्रदेश कमिटीले अन्तर कमिटी निर्देशन जारी गर्दै पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेतलाई मनोनयन गरेको जानकारी दिएको हो ।
एमाले कोशी प्रदेश कमिटीको सदस्यमा भूराज राई, बद्री सापकोटा, नागेश पोखरेल, देवीराम चौलागाइँ, पर्शुराम बस्नेत, रामसिंह राई, तेज ढुंगाना, प्रमोद शेर्पा र घनेन्द्र सुब्बालाई मनोनित गरिएको एमालेले जनाएको छ ।