काठमाडौं । सरकारले गरेको टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । टिकटक प्रेमीहरुले माइतीघर मण्डलामा भेला भएर ‘टिकटक होइन, भ्रष्टाचार बन्द गर’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ?…लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।
सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा आजै सर्वोच्च अदालतमा १० वटा मुद्दामा सुनुवाइ हुँदैछ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ ।