Logo
Logo

दुग्ध विकास संस्थानलाई दुध व्यवस्थापन गर्नै हम्मे



काठमाडौं । बजारमा दुध विक्री घटेपछि दुग्ध विकास संस्थानलाई दुध व्यवस्थापन गर्न हम्मे भएको छ । किसानबाट दुध खरिद गरेपनि बजारमा विक्री नहुँदा संस्थानलाई गाह्रो भएको हो ।

संस्थानले अहिले किसानबाट दैनिक डेढ लाख लिटर दुध खरिद गर्दै आएको छ । तर, बजारमा दैनिक १ लाख ५ हजार लिटर दुध मात्र बिक्री हुने गरेको संस्थानले जनाएको छ । दुध बिक्री नभएपछि संस्थानले ५० हजार लिटरको धुलो दुध र बटर बनाउँदै आएको छ । संस्थाका अनुसार यसपटक चाडपर्वमा समेत दुध खपत घटेको छ ।

दुध विक्रीमा कमि अएपछि हाल संस्थानमा करिब ६५ करोड रूपैयाँ बराबरको दुग्धजन्य वस्तु स्टक रहेको संस्थानले जनाएको छ । सरकारी स्वामित्वको संस्थान मात्र नभएर निजी क्षेत्रका डेरी तथा उद्योगको अवस्था पनि उस्तै छ । चितवनस्थित मिल्क उद्योगले दुध बिक्री नभएपछि धूलो दुध र बटर बनाउँदै आएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार हाल उद्योगमा १ अर्ब रूपैयाँ मूल्यको दुग्धजन्य पदार्थ स्टक रहेको छ ।

दुधको माग घटेर उपभोगमा कमी आएपछि दुग्धजन्य वस्तुको स्टक बढेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए । उनका अनुसार उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा दुध खपत घटेको हो ।

बजारमा दुधको खप घटेपछि उद्योगहरुले किसानलाई भुक्तानी गर्नसमेत कठिन भएको छ । विगतमा १५–१५ दिनमा किसानलाई दुधको रकम भुक्तानी गर्दै आएका हाल आएर तीन महिनामा समेत भुक्तानी गर्न नसकिरहेको बवस्था छ ।
किसानले पाउनुपर्ने करिब ४ अर्ब रूपैयाँ भुक्तानी बाँकी रहेको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक यादवले बताए । उनका अनुसार दुध बिक्री नभएपछि भुक्तानी हुन नसकेको हो ।

दुग्ध विकास संस्थानले दुध विक्री नभएपछि धुलो दुध र बटर बनाइरहेको जनाएको छ । दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार दुध बिक्री नभएपछि दैनिक ५० लाख लिटर दुधलाई धुलो दुध र बटर बनाउँदै आएको छ । उनले संस्थानमा अहिले करिब ६५ करोड रूपैयाँको बराबरको दुग्धजन्य वस्तु स्टक रहेको बताए ।

संस्थानले काभ्रेबाट दैनिक २० हजार लिटर दुध संकलन गर्ने गरेकामा पछिल्लो समय ४६ हजार लिटर दुध संकलन गरिरहेको छ । तर, दुध बिक्री नभएर स्टक भएपछि किसानलाई भुक्तानी गर्न ढिलाइ भइरहेको झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्