Logo
Logo

युवा संघ र दुर्गा प्रसाईँ समूहलाई माइतीघरमा कार्यक्रम गर्न रोक



काठमाडौं । मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विरोध प्रदर्शन माइतीघरमा गर्न नदिइने भएको छ । जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय भएको बताए । उनले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताए ।

युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन् । दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो ।

सहायक सिडिओ आचार्यले दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्