Logo
Logo

युवा संघले परिर्वन गर्यो प्रदर्शन स्थान



काठमाडौं । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ गते आयोजना गरेको प्रदर्शन स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गर्ने भनिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

सरकारले सोमबारबाट एक महिनासम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्