Logo
Logo

रौतहटबाट ४ थान पेस्तोल र १३ राउण्ड गोली बरामद



काठमाडौं । प्रहरीले रौतहटबाट विभिन्न प्रकारका चारथान पेस्तोल र त्यसमा लाग्ने १३ थान गोली बरामद गरेको छ ।

विशेष सूचनाको आधामा यमुनामाई नगरपालिका ३ मलेनियास्थित फुसको छानो भएको एक कच्ची घरबाट हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हतियार बरामद भएको घर कसको हो, त्यो भने प्रहरीले खुलाएको छैन । बरामद भएका हतियार इलाका प्रहरी कर्यालय गरुडामा राखेर अनुसन्धान अघि बढाइएको डीएसपी दामोदर केसीले बताए ।

बरामद गरिएका हतियारमा मेडइन यूएसए लेखिएको पेस्तोल २ थान, अटो पेस्तोल १ थान, लामो नाल भएको एयरगन १ थान, १३ राउण्ड गोली, पेस्तोलको खाली म्यागजिन ६ थान, मोवाइल २ थान, घडी एक थान, सिमकार्ड ४ थान, पेनड्राइभ एक थान र शेख एजाज अहमदको नेपाली नागरिकता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्