Logo
Logo

फिफा विश्वकप छनोटः आज नेपाल र यमन भिड्दै


630
Shares

काठमाडौं । फिफा विश्वकप–२०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एच अन्तर्गतको खेल घरेलु मैदान दशरथ रंगशालामा बेलुकी ७ बजेबाट सुरु हुनेछ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई हराउने लक्ष्यका साथ नेपाल प्रस्तुत हुनेछ ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

प्रतिक्रिया दिनुहोस्