Logo
Logo

भूकम्प प्रभावित क्षेत्रमा सरकारले पठायो एक अर्ब ४१ करोड


441
Shares

काठमाडौं । सरकारले भूकम्प पीडितका अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ताको पेसा निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित पाँच जिल्लाका लागि अस्थायी आवास निर्माणका गर्न पहिलो किस्ताको रकम निकासा गरेको हो।

प्रधिकरणले जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।

भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो। भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिएलगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउनेछन्। साथै अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ।

गत कात्तिक १७ गते मध्य राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायत जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्