Logo
Logo

एक काबिल प्रहरी अधिकृतको अस्पतालबाटै अवकाश


- दृष्टि न्युज/संवाददाता


काठमाडौंं, २९ माघ ।
नेपाल प्रहरीको ९० औं टोलीको २१ जना प्रहरी अधिकारीले मंगलबारदेखि अवकाश पाए । आईजिपीसहित उच्च अधिकारी बिदाई भएर घर गएँ । तर, एक अधिकृत भने घर जान सक्ने अवस्थामा छैनन् । विगत तीन वर्षदेखि अस्पतालमा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठले अवकाश पाएँ, तर परिवारले उनलाई घर लैजान सक्ने अवस्थामा छैन ।


१५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भई विगत तीन वर्ष यता कोमामा रहेका डिआइजी श्रेष्ठको अस्पतालबाटै प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बिदाइ गरिन. । श्रेष्ठ प्रहरीका काबिल अधिकृत मानिन्छन् । उनी महानिरीक्षकका दाबेदार समेत थिए ।
श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । उनलाई लक्ड इन सिन्ड्रोम रोगले थलिएका छन् । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । अवकाशपछि पनि उपचार संगठन र सरकारबाट सहयोग पाउने उनीहरुको आशा छ ।

प्रतिक्रिया दिनुहोस्