Logo
Logo

जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको हलमा आयोजित दुई दिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वा, केन्द्रीय सदस्यहरु राजकुमार राई, अर्जुन थापा र लिला सिटौलाले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा कोसी प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेताहरु, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृ संगठनका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

जसपाले गत भदौदेखि ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको अवधिमा पार्टी संगठन गठन, पुनर्गठन र रुपान्तरण, सदस्यता बितरणका कार्यहरु गरेको छ । केही संगठन र समितिका कार्यहरु बाँकी रहेको हुँदा अभियानको समय थप हुन सक्ने केन्द्रीय प्रचार विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्