Logo
Logo

जाजरकोटमा भूकम्पकाे परकम्प संख्या ६०६ पुग्याे



काठमाडौं । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प गइसकेको छ । आज बिहान ६ बजेसम्म जाजरकोट भूकम्पका ६०६ वटा परकम्प गएको जनाएको छ ।

जाजरकोटकको रामीडाँडा केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा ठुलो जनधनको क्षती भएको छ । उक्त भूकम्पमा परि १५४ जनाको मृत्यु भएको भने ३४६ घाइते भएका छन् ।

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको तथ्याकं सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्