Logo
Logo

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट



काठमाडौ्ं । भिजन लुम्बिनी ऊर्जाको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा परेको आवेदन मध्य ११ लाख ५६ हजार ९२७ योग्य आवेदकलाई गोलाप्रथा मार्फत आइपीओ बाँडफाट गरेको हो ।

आवेदक मध्ये कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् । ९ लाख ४९ हजारको हात खाली भएको छ ।

कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्